एकीकृत समाजवादीको कमिटी नभएका ठाउँमा मुख्यमन्त्रीले बजेट नदिने,

एकीकृत समाजवादीको कमिटी नभएका ठाउँमा मुख्यमन्त्रीले बजेट नदिने,

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीको कमिटी गठन नभएको वडामा बजेट नदिने बताएको प्रति नेकपा एमालेले आपत्ति जनाएको छ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट बोल्न पुगेका सांसद दिपक निरौलाले पाण्डेको भनाइले मौलिकको हकको समेत हनन भएको उल्लेख गरे।

‘मुख्यमन्त्रीले कतै बोलेको कुरा आज बिहान युट्युबमा सुनें। उहाँले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन नभएको वडामा बजेट नदिने बताउनुभएको रहेछ,’

उनले भने, ‘कुन–कुन वडामा बजेट दिनुहुन्न। कहाँ कहाँ रोक्नुहुन्छ ? कुनै अमुक पार्टीको वडा कमिटी गठन नभएकोमा जनता विकासबाट बञ्चित हुनुपर्ने ? मौलिक हकबाट बञ्चित हुनुपर्ने?’

मुख्यमन्त्री पाण्डेको यस्तो बुझाइले सँगै रहेका दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पछुताउनुपर्ने दिन आउने उनको भनाइ थियो।पाण्डेको पार्टी भर्खर जन्मिएकाले राजनीतिक संस्कारको जानकारी नभएको दर्शाउँदै सिकाइदिन सत्ता सहयात्री कांग्रेससँग आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *