नेपालमा देखियो डेल्टा प्लस भेरियन्ट (सबै सजक रहन सेयर गराै)

नेपालमा देखियो डेल्टा प्लस भेरियन्ट (सबै सजक रहन सेयर गराै)

नेपालमा हाल को’रोना भाइरसको डेल्टा प्लस भेरिन्यट बिस्तारै फैलिँदै गएको छ। को’रोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा खतरा डेल्टा भेरियन्ट हो । अब भने डेल्टा प्लस भेरियन्टलाई झन ख’तरा भनिएको छ।

नुवाकोटस्थित त्रिशुली अस्पतालमा को’रोना परीक्षण गरिएको एक जनामा डेल्टा प्लस भेरियन्ट देखिएको छ। प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डे जानकारी दिए।

उनका अनुसार अस्पतालले उक्त ४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत अन्तराष्ट्रिय प्रयोगशालामा जीन सि’क्वेन्सिङका लागि पठाएको थियो।

सो क्रममा तीनवटामा डेल्टा र एक वटामा डेल्टा प्लस भेरि’यन्ट देखिएको हो। डेल्टा प्लस भेरियन्ट डेल्टा भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी सं’क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ।

थप समाचार – सरकारले मुलुकको अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई पठाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान सङ्ख्या थप गर्ने निर्णय गरेको जनाइएको छ ।

नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान सम्बन्धित मुलुकका राष्ट्रिय ध्वजाबाहकले गर्नेछन् ।नेपाल वायुसेवा निगमले बुधबार र एयर इण्डियाले सोमबार गर्नेछन् । यस्तै नेपाल एयरलाइन्सले यूएईको दुबईमा मङ्गलबार र बिहीबार तथा नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतबार, मङ्गलबार र बिहीबार उडान भर्नेछन् ।

फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक-एक उडान गर्नेछ । क्यानको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई साताको सोमबार, बुधबार र शनिबार उडान अनुमति दिइएको छ ।

उक्त एयरलाइन्सले साउदी अरेबियाको दमाममा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधबार र शनिबार सातामा दुई उडान पाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ ।

टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार उडान गर्नेछ । जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमबार, मङ्गलबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने तालिका छ ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मङ्गलबारको उडान तालिका पाएको छ । सिङ्गापुर एयरले हरेक आइतबार काठमाडौं उडान गर्नेछ । को-भि’ड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । आन्तरिक उडान पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको छ ।

अन्तरराष्ट्रियतर्फ सम्बन्धित मुलुकले उडान सहजीकरण गरेको खण्डमा आवश्यकताको आधारमा उडान तालिका थपघट गर्न सकिने प्राधिकरणले जनाएको छ । यसका लागि पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ । को-भि’डका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा नि’षेधाज्ञा जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *