प्रधानमन्त्री देउवाले रामचन्द्र पौडेललाई आजैदेखि सुम्पिए दोस्रो प्रधानमन्त्रीको जिम्मेवारी, सिंगो कांग्रेसमा छायो खुसीयाली !

प्रधानमन्त्री देउवाले रामचन्द्र पौडेललाई आजैदेखि सुम्पिए दोस्रो प्रधानमन्त्रीको जिम्मेवारी, सिंगो कांग्रेसमा छायो खुसीयाली !

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको बिशेष पहलमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ठूलो जिम्मेवारी सुम्पिएका छन् । उनको पहलले पार्टीमा नयाँ ताजापन आउने विश्वास गरिएको हो ।

सत्ता गठबन्धनको संयुक्त बैठकले देउवा नेतृत्व सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित ५ दल आवद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन आवद्ध ५ दलको बैठकले ११ सदस्यीय राजनीतिक समन्वय समिति गठन गरेको छ ।

समितिमा गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट सदस्य रहेका छन् ।

समितिको पहिलो बैठकको नेतृत्व र पहिलो संयोजकको भूमिका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका छन् भने समितिको नेतृत्व २र२ महिनामा आलोपालो प्रणालीबाट फेरबदल गर्ने सहमति भएको छ ।

समितिमा कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला सदस्य बनेका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहने गरी तोकिएका छन् ।

माओवादी केन्द्र, नेकपा एस र जसपाबाट अन्य १र१ जना सदस्यको नाम टुंगो लगाउन बाँकी रहेको छ ।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा सदस्य रहने छैनन् । उनी समितिको बैठकमा सहभागी हुन पाउने छन् । समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सदस्य तोकिएका छन् ।

समितिका संयोजक कांग्रेस वरिष्ठ नेता पौडेलले ५ दलीय सत्ता गठबन्धनमा एकता काम गर्ने र आगामी निर्वाचनसम्म गठबन्धनलाई सँगै अघि बढाउने गरी समिति बनाइएको जानकारी दिए । धेरैले देउवाको पहलमा पौडेललाई दोस्रो प्रधानमन्त्री बनाएको विश्लेषण गर्न थालेका छन् ।

पौडेलले राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउने गरी समन्वय समिति अघि बढ्ने बताएका छन् । ‘५ दलीय सत्ता गठबन्धनमा एकता काम गर्ने, आगामी निर्वाचनसम्म गठबन्धनलाई अघि बढाउने र राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्रलाई हामी कमजोर हुन नदिन समन्वय समिति बनाइएको हो, यसले सरकारको काममा पनि सहयोग गर्छ,’ समितिका संयोजक पौडेलले भने ।

सरकारका तर्फबाट समितिको सदस्य तोकिएका मन्त्री कार्कीले आसन्न राष्ट्रिय सभाको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचनलाई ध्यानमा राखेर साथै सरकारका कामलाई प्रभावकारी बनाउन समिति बनाइएको बताए ।

समन्वय समिति गठन गर्ने विषयमा सोमवार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । समितिमार्फत अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सहमति खोज्ने सत्ता आवद्ध गठबन्धनको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *