देउवा र प्रचण्डमध्ये को बोल्यो झुट ? ओलीले खोलिदिए पोल !

देउवा र प्रचण्डमध्ये को बोल्यो झुट ? ओलीले खोलिदिए पोल !

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जना झुट बोलेको बताएका छन् । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनका नेताहरुले झुटो बोलेको बताएका हुन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुको एमसीसीबारे राखेको जिज्ञासामा अध्यक्ष ओलीले देउवा र प्रचण्डलाई सोध्न भनेका छन्। दुवै जनामध्ये एक जनाले जनतालाई झुक्याउने काम गरेको उनले बताए

‘एमसीसीको बारेमा सरकारलाई सोध्नुस् न,’ उनले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ। दुई जनामध्ये एउटाले त झुट बोलेको हो नि, होइन ?’

उनले एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताए। केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न आफू र प्रचण्डले हस्ताक्षर गरेर एमसीसी मुख्यालयलाई पत्र पठाएको बताएका थिए भने प्रचण्डले आफूले त्यस्तो पत्र नपठाएको दाबी गरेका थिए। सोही सन्दर्भमा देउवा वा प्रचण्डमध्ये एक जनाले झुटो बोलेको ओलीको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *