करोडपति श्रीमानले छोरा जन्मिए पछि बि’चल्ली पारेर बे’पत्ता (भिडियो हेर्नुहोस्)

करोडपति श्रीमानले छोरा जन्मिए पछि बि’चल्ली पारेर बे’पत्ता (भिडियो हेर्नुहोस्)

पोखराको शान्तिवन बस्ने जुना अधिकारी आफ्ना छोरिहरुसगैँ बस्दै आएकी थिइन । त्यही बेला उनको भेट शालिग्राम अधिकारीसगँ भयो ।

आफ्नो श्रीमानसगँ सम्बन्ध बिच्छेद गरि छोरिहरु लिएर बस्दै गरेकी जुना शालिग्रामसगँको भेट पछि उनिहरु नजिकिन थाले । सानो होटल गरेर पोखरा बस्दै आएकी जुनाका छोरिहरु भने त्यो बेला स्याङ्जा माईतीघरमै बस्थे । पोखरामै ट्याक्सी चलाउने शालिग्रामसगँको भेट पछि उनिहरुबिच प्रेम सम्बन्ध बढ्दै गयो ।

शालिग्रामले आफू पनि बिबाहित भएको र श्रीमतिसगँ सम्बन्द बिच्छेद भएर बसेको भनी जुनालाई बताएका थिए । त्यसैबिच मनकामना घुम्न गएको बेला बिबाह गरेर जुना शालिग्रामको घर गइन ।

तर त्यहाँ शालिग्रामकी जेठी श्रीमती थिइन । आफुसगँ झुट बोली बिबाह गरेको जुना बताउँछीन । ९ वर्ष अघि बिबाह गरेका उनिहरु बिबाह गरेको ३ वर्षसम्म राम्रैसगँ बितेको जुनाको भनाई छ । त्यसपछी जुनाले छोरा जन्माईन । अहिले छोरा पनि ४ वर्ष भै सकेका छन । छोरा जन्मिए पछि भने शालिग्राम फरार भएको जुनाको भनाई छ ।

अहिले भएका छोरा जन्मिनु भन्दा अगाडि पनि तीन पटक गर्भपतन गराएको जुनाको भनाई छ । छोराछोरी जन्मिए पछि सम्पत्ति दिनु पर्छ भनेर शालिग्रामले त्यसो गरेको जुनाको भनाई छ ।

बिबाह गरे पछि आफू शालिग्रामको घर गएर सौतासगैँ करिव १०/१५ बसेको जुना बताउँछिन । तर अहिले शालिग्रामको घरमा पनि आफुलाई चिन्न्दिन भन्न थालेको र यहाँ कहिल्यै न आएको भन्ने गरेको जुना बताउँछिन । बिबाह गरे पछि पनि आफुलाई पोखरामै कोठामा राखेको उनी बताउँछिन ।

छोरा जन्मिए पछिदेखि आफुहरुको सम्बन्ध बिग्रदै गएको उनी बताउँछीन । त्यसैबिच आफुहरु वार्ड कार्यलयमा गएर मिलापत्र गर्न खोज्दा शालिग्रामले आफू बिबाहित भएको र जुनालाई गर्लफ्रेन बनाएको तर अहिले जुना छोराछोरी पाएर बुढी भएकोले आफुले छोड्न खोजेको बताएको जुनाको भनाई छ । त्यसपछी भने शालिग्राम फरार भएको जुनाको भनाई छ । उनी अहिले आफुसगं सम्पर्कमा नभएको जुनाले बताएकी छिन । शालिग्रामलाई छोरा जन्मिएको मन नपरेर नै यो सब गरेको उनको भनाई छ ।

पहिलो श्रीमानसगँ छुट्टिएर छोरिहरु पालेर बस्दै आएकी जुना आफुलाई झुटो बोलेर शालिग्रामले बिबाह गरेर अहिले छोरा समेत जन्माएर आफुलाई बिचल्ली बनाएर छोडेको उनको भनाई छ ।

आफुले काम गरेर खादै बस्दा साथ दिन्छु भनी बिबाह गरि लगेको उनको भनाई छ । तर अहिले छोरा समेत जन्मिए पछि सम्पर्क बिहिन भएको भन्दै उनको खोजी गर्नका लागि सहयोग गरिदिन भन्दै आफू मिडियामा आएको उनको भनाई छ । शालिग्रामको खोजी गरि आफू र आफ्नो छोरालाई न्याय दिलाईदिनु हुन उनले सबैलाई आग्रह गरेकी छिन । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *