छोरी बेलायत पढाउने पैसा कहाँबाट आयो भनेपछि ओलीलाई बाबुरामले दिए यस्तो जवाफ

छोरी बेलायत पढाउने पैसा कहाँबाट आयो भनेपछि ओलीलाई बाबुरामले दिए यस्तो जवाफ

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई आफ्नी छोरी मानुसी जनयुद्धकालमा बेलायत पढ्न गएको प्रमाणित गर्न चुनौति दिएका छन्।

आइतबार ट्वीट गर्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले उडन्ते, तथ्यहीन कुरा गरेको आरोप पनि लगाएका छन्।

‘मित्र खड्गप्रसादजी, पूर्वप्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन’ भट्टराईले लेखेका छन्, ‘हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन्। त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न!’

 

नेकपा (एमाले) का अधयक्ष ओलीले जनयुद्ध चलेको समयमा माओवादी नेताहरुका छोराछोरी बेलायतसहितका देशमा पढेको भन्दै त्यो पैसा कहाँबाट आयो भनेर प्रश्न गरेका थिए।

‘जनयुद्धमा प्रचण्ड–बाबुराम त बाँचे। १७ हजार गरिब जनताका छोराछोरी मरे। बाबुरामका छोराछोरी त त्यसबेला बेलायतमा पढ्थे’ कर्णाली प्रदेश सम्पर्क कमिटीको आइतवार भएको देउसी भैलो कार्यक्रममा सम्बोधन गर्दै उनले भनेका थिए, ‘हामी बेलायत जान भिसा पाउँदैन थियौँ तर उनीहरुका छोराछोरी त बेलायत गएर पढे नि! त्यसरी पढाउने पैसा कहाँबाट आयो?, कसरी सम्भव भयो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *