खाद्य उद्योगमा आगलागी ५२ जनाको मृ’त्यु

खाद्य उद्योगमा आगलागी ५२ जनाको मृ’त्यु

काठमाडौं । बंगलादेशको एउटा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा कम्तिमा ५२ जना मानिसले ज्या’न गुमाएका छन्। बिहीबार साँझदेखि पूर्वी ढाकाको रूपगन्जस्थित औद्योगिक क्षेत्रको एक खाद्यान्न प्रशोधन गर्ने उद्योगमा आगलागी हुँदा त्यहाँ भवनमा अड्किएका ५२ जनाको मृ’त्यु भएको समाचार संस्था एएफपीले जनाएको छ।

आगलागीमा परी झन्डै ३० जना मानिस घा’इ’ते भएका छन् । सुरूमा प्रहरीले तीन जनाको मात्रै मृत्यु भएको जानकारी गराएको थियो । तर पछि अग्नि नियन्त्रकहरू भवनका माथिल्ला तलामा जाँदै गर्दा मृ’तकको संख्या ह्वात्तै बढेको हो ।

प्रहरीलाई उद्धृत गर्दै एएपीले जनाए अनुसार ढाकाबाट २५ किलोमिटर दुरीमा रहेको रुपगञ्जमा यस्तो दु’र्घ’ट’ना भएको हो । हसेम फुड एन्ड विभरेजको कारखानमा हिजो साँझ स्थानीय समयअनुसार ५ बजेदेखि आगो लाग्न सुरु थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *