सल्यानमा यात्रुबस दुर्घटना, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

सल्यानमा यात्रुबस दुर्घटना, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। प्रहरी नायव उपरीक्षक गोविन्द थापाले १२ जनाको मृत्यु भएको र १८ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको जानकारी दिए।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो। दुर्घटनामा ५ जनाको घटनास्थलमै र ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता डीएसपी माधव श्रेष्ठका अनुसार दुर्घटनापछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी पनि पुगिसकेको श्रेष्ठले जानकारी दिएका छन्। मृतकको सनाखत हुन बाँकी छ। बसमा ३० जना सवार रहेका थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *