राप्रपाका नेता विक्रम पाण्डे एमालेमा: प्रचण्डसंग चितवनमा भिड्ने पक्का, कसले मार्ला बाजी ?

राप्रपाका नेता विक्रम पाण्डे एमालेमा: प्रचण्डसंग चितवनमा भिड्ने पक्का, कसले मार्ला बाजी ?

काठमाडौं – राप्रपाका नेता विक्रम पाण्डे नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे आगामी निर्वाचनलाई लक्षित गरे एमाले प्रवेश गर्न लागेका हुन् ।

एमालेका प्रभावशाली नेता महेश बस्नेतले पाण्डे आफ्नो पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी भैरहेको खुलासा गरेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

उनले पाण्डे एमाले प्रवेश गरे चितवनमा प्रचण्डविरुद्ध चुनाव लड्ने र जित्नेसमेत दाबी गरे । बस्नेतले पाण्डे कहिले एमालेमा प्रवेश गर्दैछन् ? भनेर मिति भने खुलाएनन् । पाण्डे नेपालको निर्माणसम्बन्धी अग्रणी कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक हुन् ।

उनको व्यवसाय नेपालमा मात्रै नभएर अमेरिकासम्म फैलिएको छ । उनी विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनले चितवनमा धेरै विकास गरेको त्यहाँका जनताले बताउने गरेका छन् ।

यद्धपी पाण्डे स्वयमले भने एमालेमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म सार्वजनिक रुपमा कतै केही बोलेका छैनन् ।

ओलीले महत्वपूर्ण शक्ति आफूविरुद्ध लगाउने देखेर प्रचण्डले चितवनमा महाभारतको जस्तो लडाईं हुनलागेको टिप्पणी गरेका छन् । उनले चितवन कुरुक्षेत्रमा परिणत हुन लागेको बताएर तरंग ल्याइदिएका छन् । यसकारण पनि प्रचण्डलाई चितवनबाट चुनाव जित्न सजिलो छैन ।

गत निर्वाचनको मत परिणामलाई दृष्टिगत गर्दा माओवादीको मात्र मतले प्रचण्ड चुनाव जित्ने सम्भावना कमजोर छ । उनले अर्को शक्तिशाली दलसँग कुनैपनि किसिमको गठबन्धन गर्नुपर्ने हुन्छ । नेपाली काँग्रेस या राप्रपाको साथ पाएमात्र प्रचण्डलाई सजिलो हुन्छ । तर, त्यो सम्भावना लगभग छैन । चितवन काँग्रेसको बलियो गढ हो ।

एमालेबाट विभाजित नेकपा एसको चितवनमा पकड कमजोर छ । चितवनबाट निर्वाचित एमाले सांसदहरु सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल दुवै ओलीको साथमा लागेका छन् ।

प्रचण्डले चितवनलाई निर्वाचन क्षेत्र बनाएपनि त्यहाँ माओवादीको पकड खासै बलियो भने छैन । उनले रणनीतिक चातुर्यताले चुनाव जितेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *