राष्ट्रपति भेट्न किन पुगे एमाले अध्यक्ष ओली ?

राष्ट्रपति भेट्न किन पुगे एमाले अध्यक्ष ओली ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् ।

चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन् ।

शीतल निवास स्रोतका अनुसार भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि अध्यक्ष ओली शीतलनिवास पुगेका हुन् ।

त्यसबाहेक अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी हुनसक्ने बताइएको छ ।

राष्ट्रपति भण्डारी नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । एमालेको दशौँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *