सभामुख सापकोटाका छोरा रुपकलाई ठूलो चिठ्ठा !

सभामुख सापकोटाका छोरा रुपकलाई ठूलो चिठ्ठा !

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटालाई चिठ्ठा पर्ने सम्भावना देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भागमा परेको चीनको राजदूतमा सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटाको सम्भावना बढेको हो ।

अमेरिका, बेलायत र भारतको राजदूत नेपाली कांग्रेसको कोटाबाट नियुक्त गरिएपछि आर्थिक विकासमा फड्को मारिरहेको चीनको राजदूत माओवादीको भागमा परेको हो ।

सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो । सरकारले भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवा बेलायतबाट फर्किएपछि चीन लगायत अन्य देशका राजदूत नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । युवा कुटनीतिज्ञका रुपमा उदाउँदै गरेका सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।

चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले यसै साता कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् ।

राजदूतको लागि लबिङ भइरहेका बेला सापकोटाले आकर्षक पदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *