देउवाको जम्मा ३० सेकेण्डको त्यो बोली जसले प्रचण्डको मुकुण्डो नम्मजा सँग उतारिदियो

देउवाको जम्मा ३० सेकेण्डको त्यो बोली जसले प्रचण्डको मुकुण्डो नम्मजा सँग उतारिदियो

प्रधानमन्त्री शेरबहादुर देउवालेनै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको मुकुण्डो उतार्दिएका छन् ।

मौका पर्दा आफुलाई एमसीसी विरोेधी जस्तो देखाउँन पछि नपर्ने प्रचण्डलाई काग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पोल खोलिएका छन् । एमसीसी पास गर्छु भनेर देउवा र प्रचण्डले संयुक्त हस्ताक्षर अमेरिका पठाइसेको खुलासा उनले गरेका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गराउनका लागि पत्र पठाइसकेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

बेलायतको स्कट्ल्याण्ड स्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ मा सहभागी भएर फर्किएका प्रधानमन्त्री देउवाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्नका लागि पत्र पठाइएको बताएका हुन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले हस्ताक्षर गरेर पत्र पठाएको उनले बताए ।एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग ग्लास्गो भएको भेटको क्रममा आफूले एमसिसी पास हुने जानकारी गराएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

ल्याटोर्तुले एमसिसी कहिले पास हुन्छ भनेर सोधेको र आफूले दलहरुसँग कुराकानी भइरहेको जानकारी गराएको देउवाले बताए । स्वदेश फकर्नासाथ एमसीसी बारे देउवा थप कन्फीडेन्स देखिएका छन् ।

केही अध्यादेश ल्याउनका लागि संसद अधिवेशन रोकिएकाले एमसिसी पास हुन नसकेको जवाफ दिएको पनि देउवाले बताएका छन् । ल्याटोर्तु र देउवाबीच गएको मंगलबार भेटवार्ता भएको थियो ।

देउवाले तत्कालै एमसीसी पास गर्ने संकेत समेत गरेका छन् । अहिले केहि अध्यादेश ल्याउँका लागी मात्रै संसद अधिवेशन अन्त्य गरेको बताउँदै देउवाले पत्रकार सम्मेलन गरेर एमसीसी पास गर्ने बारे चाँडै जानकारी गराउँने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *