कपिलवस्तुमा पेस्तोल र लागुऔषध सहित २२ वर्षिय युवक पक्राउ

कपिलवस्तुमा पेस्तोल र लागुऔषध सहित २२ वर्षिय युवक पक्राउ

कपिलवस्तु। कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।गएराती मायादेवी गाउँपालिका–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए।

उनी भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आउदै गरेको फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरिएको कार्कीले जानकारी दिए।

आरोपीको साथबाट ४२ चक्की स्पास्मो ,२१ चक्की नाइट्राजेपाम , भिभो मोबाइल १ थान , पेनड्राइप ४ थान र वाइफाइ स्पिडर १ थान , बरामद गरिएको छ । फेराजबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *