मुख्यमन्त्रीलाई गाडी बुझाएर पैदलै हिँडेर डेरा फर्किए

मुख्यमन्त्रीलाई गाडी बुझाएर पैदलै हिँडेर डेरा फर्किए

मंगलबार साँझ साढे ८ बजे कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिए । शपथ ग्रहण कार्यक्रमको दृश्य भने रोचक थियो ।

कार्यक्रम सञ्चालकले नयाँ मुख्यमन्त्रीलाई बधाई तथा शुभकामना दिन अतिथिहरुलाई सुझाएपछि प्रदेश प्रमुख गोविन्द कलौनी, सभामुख राजबहादुर शाहीले सुरुमा बधाई दिए ।

त्यसपछि निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खादा ओडाउँदै मुख्यमन्त्री शाहीसँग झ्याप्प हात मिलाए । त्यतिबेला दुवैजना मुस्कुराएको दृश्य र उनीहरुको अंकमालले कार्यक्रमस्थलको माहोल नै बदलिदिएको थियो ।

अंकमाल गर्दैगर्दा बाहिरबाट निकै हो–हल्ला समेत भयो । शपथ ग्रहणको औपचारिक समारोह सकिसकेपछि प्रदेश प्रमुख, निवर्तमान मुख्यमन्त्री र नवनियुक्त मुख्यमन्त्रीले केही समय गफगाफ गरे । त्यसपछिका केही दृश्य पनि निकै रोचक देखिए ।

जब, नयाँ मुख्यमन्त्री प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्कन थाले, निवर्तमान मुख्यमन्त्री शाहीले आफू चढ्ने गाडी मुख्यमन्त्री शाहीलाई सुम्पिए । कर्णाली प्रदेश ०२००१ झ ००२३ नम्बरको स्कार्पियो गाडी उनले प्रयोग गर्दै आएका थिए ।

नयाँ मुख्यमन्त्री जीवनबहादुर शाही त्यही गाडी चढेर प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्किएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगे भने महेन्द्रबहादुर शाही पैदल हिँडेरै डेरातिर लागे । शाहीले मंगलबार नै वीरेन्द्रनगरकै गुरुङ चोकमा एउटा सानो ‘फ्ल्याट’ भाडामा लिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *