सात महिनामा नै चार बच्चालाई जन्म दिने आमा, के छ त बच्चाहरुको अवस्था (भिडियो हेर्नुहोस्)

सात महिनामा नै चार बच्चालाई जन्म दिने आमा, के छ त बच्चाहरुको अवस्था (भिडियो हेर्नुहोस्)

सामान्यतया बच्चा जन्मिने भनेपछी परिवारको र अझ बच्चाको आमाको त खुशी हुने विषय हो तर आजको घटनाले न खुसी न दुखिको अबस्थामा छ्न बाबुआमा नै ।

एकैपटकमा चार बच्चा जन्मिएका छ्न त्यहिपनि सात महिनाको अबधिमा जुन बच्चा एबम आमाको स्वास्थ्यको लागि नराम्रो पनि भनिन्छ । एक त चारचार बच्चा त्यसमाथी नौ महिनानै नपुगी ।

एक हप्ता अगाडि माथागढी गाउपालिका वार्ड नम्बर १ घर भएकी २४ बर्षकि सीता सार्किले भैरहवामा रहेको युनिभर्सल टिचिङ अस्पतालमा एकैपटक चारवटा शिशुलाइ जन्म दिएकीछिन ।

अप्रेसनबाट जन्मिएका चार बच्चा अहिले भने आइ सि यु मा रहेको कुरा बच्चाहरुको बाबुले बताएका छ्न । चारजनाको बच्चालाई जन्म दिएकी सीता भने एकदमै ठिक देखिन्छिन ।

नर्मल डेलिभरी गर्ने डाक्टरहरुको अनेक प्रयासका बाबजुद पनि त्यो भने सफल हुनसकेन । बच्चाहरुको डिस्चार्ज कहिले हुन्छ र खर्च कति लाग्छ भन्ने कुराको केही पत्तो नभएको बताउछन नानिहरुका बाबू । जुत्ता सिलाउने र खेतिपातीमा काम गर्दा रहेछ्न सिताका श्रीमान । उनले सक्लान त यहि कामले पाचजनाको परिवार पाल्न ।

उनको आर्थिक अवस्था अलिक कमजोर नै रहेको छ र यसैकारण सुत्केरीको खाना लगायतका अरु केही खर्चहरुमा पत्रकारहरुले सहयोग गरिरहेको कुरा पनि उनले खुलाए । भिडियो एक्स रेमा तिनवटा बच्चा देखिएकोमा चार बच्चा जन्मिएकोले स्वयम आमाबाबु नै अचम्ममा परेका छ्न । बाकी हेर्नुस तलको भिडियोमा:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *