फेसवुकमा चिनजान भएको पुरुषको भर पर्दा के भयो ? ४५ जनाले दिए उजुरी

फेसवुकमा चिनजान भएको पुरुषको भर पर्दा के भयो ? ४५ जनाले दिए उजुरी

काठमाडौ । वेरोजगारी र विपन्नताले मानिसलाई कस्तो समस्यामा पार्छ भन्ने उदाहरण वैदेशिक रोजगारीमा गएका नेपाली महिलाहरुले भोगेको पीडावाट थाहा हुन्छ । सोझा महिलाहरुलाई सामाजिक सञ्जालमा माध्यमवाट चिनजान गर्दै कम्बोडिया सम्म लगेर बे च्ने गरेको एक गिरोहका नाइके फेला परेका छन् ।

नेपाली महिलालाई भारत हुँदै कम्बोडिया लगेर बे च बि खन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेपछि उनको एक ठूलो समुह नै रहेको खुलेको हो ।पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका २ का ३७ वर्षीय किसान राई छन्।

राईलाई अन्य ४५ जना महिला तथा पुरूषलाई कम्बोडिया पुर्‍याएको आरोप छ। उनका समुहका ७, ८ जना अन्य ब्यक्ति कम्बोडियामा छन् । जसले नेपालवाट लगिएका महिलाहरुलाई अनैतिक काममा लगाउने गर्छन । होटल र रेष्टुरेष्टहरुमा उनीहरुलाई गलत काम गराइन्छ । घरेलु कामदार भनेर लगेर उनीहरुलाइ त्यहाँ फरक काम गराइने गरेको खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *