कांग्रेस बुढो भयो, एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन -ओली

कांग्रेस बुढो भयो, एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन -ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति सारिरहेको सत्तारुढ नेपाली कांग्रेसप्रति कटाक्ष व्यक्त गरेका छन् ।

शनिबार सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भएको बताएका हुन् ।

‘कांग्रेस महाधिवेशनको आयोजना गर्न नसक्ने अवस्थामा छ । पाँच वर्षमा महाधिवेशनमा गर्न सकेन । अहिले ९, १०, ११ कहिले गर्ने भनेको, त्यो पनि नसक्ने भनिसके। कांग्रेस बुढो भयो, विचारले पनि बुढो छ ।’ उनले भने ।

महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न पनि नसक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *