नां’गो फोटो सबैतिर पठाइदिन्छु भन्ने ध’म्की दिएर आफ्नी श्रीमती भगाएको भन्दै श्रीमान मिडियामा(भिडियो हेर्नुस)

नां’गो फोटो सबैतिर पठाइदिन्छु भन्ने ध’म्की दिएर आफ्नी श्रीमती भगाएको भन्दै श्रीमान मिडियामा(भिडियो हेर्नुस)

झापा जिल्लाको कंकाइ नगरपालिका ३ सुरुङ्गाका बिजय शर्मा आफ्नी श्रीमती फरार भएको भन्दै मिडियामा आएका छन । २८ वर्ष अघि श्यामा शर्मासगँ बिबाह गरेका बिजयका दुई छोरी छन ।

तर छोरिहरुको बिबाह गर्ने उमेरमा आमा हिडेको भन्दै उनी अहिले खोजी गरिदिन मिडियाको सहयोग माग्दै आएका छन । बिजयका अनुसार बिबाह भएदेखी अहिलेसम्म आफुले कहिल्यै श्रीमतिलाइ एक वचन पनि नराम्रो शब्द नबोलेको बताउँछन । उक्त कुरा वरपर छिमेकीहरुसगँ बुझ्दा पनि थाहा हुने उनले बताए ।

आफू मोबाइलक्क सिमकार्ड लिन भनी जेठी छोरीसगैँ बजार गएको बेला श्रीमती घरबाट हिडेको उनले बताए । कान्छी छोरिसगँ टेलिभिजन हेरेर बस्दै गर्नु आफुहरु बजार गएर आउने भनी आफुहरु घरबाट हिडेको उनको भनाई छ ।

तर बजारबाट आफू घर फर्किदा श्रीमती घर छोडेर हिडिसकेको उनको भनाई रहेको छ । उनी घर छोडेर हिडेको आज १४ दिन भै सकेको उनले बताएका छन । तर अहिलेसम्म उनिसगँ कुनै सम्पर्क हुन नसकेको बिजयको भनाई छ ।

आफुले खोज्नु पर्ने ठाउँ सबैतिर खोजिसकेको उनले बताए । आफ्ना र श्रीमतिका आफन्त, आफुले थाहा पाएका साथिहरु इत्यादि सबैतिर खोजी गर्दा पनि उनको कुनै पत्तो नलागेको उनको भनाई छ ।

श्रीमती कतारमा बस्ने एक ब्याक्तीसगँ बोल्ने गरेको आफुले थाहा पाए पछि उनलाइ सोधपुछ गर्दा करिव ६/७ महिना अगाडिबाट बोल्न थालेको श्रीमतिले बताएको उनले सुनाए । ती कतारमा रहने ब्याक्तिले फोनम विभिन्न धम्की दिने गरेकोले आफू प्रहरी समक्ष जाने बताए पछि श्रीमती हिडेको उनको भनाई छ ।

प्रहरि समक्ष जादाँ आफुलाई पनि केही अप्ठ्यारो पर्ने हो कि भन्ने डरले श्रीमती हिडेको हुन सक्ने उनको भनाई छ । तर उक्त ब्याक्ती कतारमा रहेकोले अहिले श्रीमती को सगँ गएकी हुन भन्ने आफुलाई लागेको बिजयको भनाई छ ।

आफुले त्यसरी बोलेको थाहा पाए पछि अब देखि नबोल्नु भन्दा श्रीमतिको मोबाइलमा कतार बस्ने ती ब्याक्तिले बारम्बार फोन गर्ने गरेको उनले बताए । फोन नउठाएसम्म निरन्तर फोन गरि रहने गर्ने गरेको उनको भनाई छ । आफुले अब नबोल्नु भने देखि श्रीमतिले उस्को फोन उठाउन छोड्दा विभिन्न नयाँ नम्बरबाट रात दिन फोन गरि धम्की दिने गरेको उनले बताए ।

श्रीमतिले फोन नउठाए पछि ती ब्याक्तिले सालीको नम्बरमा फोन गरि श्यामाले अहिले फोन उठाउन छोडेको, आफुसगँ बोल्न छोडेको भन्दै यदि अझै त्यसो गरेमा आफुसगँ श्यामाको ५/६ वटा नांगो फोटो रहेको र उक्त फोटो उनका आफन्त लगायत सुरुङ्गा तिरका सबैलाई पठाइ दिने साथै सामाजिक संजालमा पनि हालिदिने धम्की दिएको अडियो क्लिप उनले सुनाए ।

उक्त अडियो क्लिपमा मैथिली भाषामा ती ब्याक्तिले त्यसो भनेको सुनिन्छ । यदि इज्जतको डर भए आफुसगँ कुरा गर्न ती ब्याक्तिले धम्की दिएको अडियो क्लिपमा सुन्न सकिन्छ । त्यही कारण पनि श्रीमती डरले हिडेको बिजयको भनाई छ । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *