परिवारका सबै अपांग भएको घर ११ वर्षीय छोरीको भरमा चल्दै, यस्तो छ घरको हा’ल’त (भिडियो हेर्नुस)

परिवारका सबै अपांग भएको घर ११ वर्षीय छोरीको भरमा चल्दै, यस्तो छ घरको हा’ल’त (भिडियो हेर्नुस)

बाग्लुङ जिल्लाको अढिघाट गाउँपालिका ९ स्थित बम बहादुर बि क को परिवारमा एउटि ११ वर्षीय छोरी बाहेक सबै अपांग छन । बम बहादुर आफै पनि बिगत एक वर्ष देखि बिरामी भएर ओछ्यान परेका छन ।

उपचार गर्ने खर्चको त कुरै छोडौ घरमा दुई छाक खान पनि समस्या भएको अवस्था छ उनको परिवारमा । एउटा छोरा जो केही गर्न सक्ने थिए उनी पनि भारतमा हराएको १५ वर्ष भन्दा धेरै भएको छ । जसको केही आश थियो उहीँ हराए पछि अहिले यो परिवार दुखमा डुबेको छ ।

उनको परिवारमा कोहि बोल्न नसक्ने त कोहि सुन्न नसक्ने छन । अहिले उनिहरुको परिवारमा ११ वर्षीय एक नातिनी सृष्टि मात्र छिन जो सबै कुरा गर्न सक्ने । उनैको भरमा अहिले यो परिवार चलिरहेको छ ।

घरमा केही गरि कमाएर दिने कोहि छैनन । घरको जेठो छोराको बिहे गरेर एक छोरी भए पछि छोरिलाई घर मै छाडेर हिडेका उनी अहिले सम्पर्कमा बिहिन भएको १५ वर्ष भएको बम बहादुर बताउँछन । कान्छा छोरा पनि केही गर्न नसक्ने अवस्थाका अपांग छन ।

काम गर्न भनी भारत गएका छोरा केही समयसम्म सम्पर्कमा थिए । तर करिव १५ वर्ष देखि कुनै खबर नभएको उनको भनाई छ । छोरा फर्किएर आएर केही गर्ला कि भन्ने आसमा बसेको छ अहिले उनको परिवार । परिवारमा बमबहादुर उनकी श्रीमती, बमबहादुरका भाइ, कान्छा छोरा र एक नातिनी छन ।

त्यस मध्ये अहिले केही गर्न सक्ने तिनै ११ वर्षकि नातिनी मात्र हुन । बम बहादुरका भाइ पनि बोल्न र कान सुन्न नसक्ने छन । केही काम अगाडि राखिदिदा मात्र आलिअलि गर्ने उनी पनि कहिले एक्लै हिड्ने त कहिले अनेकौ हर्कत गर्ने गर्छन ।

उनिहरुको घरम पुग्दा न त खाने केही आन्न पात नै थियो न त राम्रो लगाउने कपडा नै । सुत्ने ओछ्यान पनि हेर्नै नसकिने अवस्थाको थियो । त्यसैमा उनिहरु रात कटाउने गर्छन ।

कक्षा ३ मा पढ्दै गरेकी सृष्टिको सपना पढेर ठूलो मान्छे बनेर आफ्नो परिवारलाई केही गर्ने भएता पनि उनले घरका सबै सदस्यहरुलाइ हेरचाह गर्दा पढ्ने समय पनि पाउने गरेकी छैन । उनको सपना पूरा होला भन्ने यकिन छैन । तर उनले सपना देख्न छाडेकी छैनन । अहिले यो परिवारलाई सहयोगको धेरै खाचो छ ।

कसैले पढाउन लगिदिए आफू जान मन भएको भएता पनि घरको त्यो अवस्थाले आफुलाई कतै राम्रो ठाउँमा कसैले लगिदिए पनि जान सक्ने अवस्था नभएको सृष्टि बताउँछिन ।

पढन उनलाई धेरै मन छ । आफू ठाउँ पाए पढ्न सक्ने पनि उनी बताउँछिन । तर घरमा आफू नहुदा केही पकाएर खान दिने पनि कोहि नहुने अवस्थाले गर्दा उनलाई आफ्नो सपना पूरा गर्न त्यति सजिलो भने छैन । घरमा पने कसैले सहयोग गरिदिए आफू राम्रो ठाउँमा गएर पढ्ने उनले बताईन । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *