बाबुछोरीको चितवनमा रुवाबासी

बाबुछोरीको चितवनमा रुवाबासी

केन्द्रमा सत्ता गठबन्धन भए पनि चितवनमा भने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच संघर्ष चलिरहेको छ।

फागुनदेखि वैशाखसम्म तिनै तहको निर्वाचनको चर्चा चलिरहेका बेला कांग्रेसले चितवनमा माओवादी लखेट्ने रणनीति बनाएको छ। कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केही दिनअघि प्रचण्ड र रेणु दाहाललाई चितवनबाट लखेट्ने उदघोष गरेका थिए।

कांग्रेस नेता कार्यकर्ता माओवादीविरुद्ध यसरी विद्रोहमा उत्रेपछि माओवादी अध्यक्ष प्रचण्ड र उनकी छोरी भरतपुरकी मेयर रेणु दाहालले चित्त दुखाएका छन्।

प्रचण्डले केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि चितवनमा नेता कार्यकर्ताले रेणु दाहाल र आफूलाई लखेट्ने भन्नु विडम्बना रहेको गुनासो गरे।

देउवालाई प्रधानमन्त्री बनाए पनि कांग्रेस कांग्रेसभन्दा अधिक ठाउँमा जितेको स्मरण गर्दै प्रचण्डले तै पनि प्रधानमन्त्री देउवा बनाउँदा खुसी हुनुपर्नेमा उल्टै लखेट्ने कुरा गर्दा अचम्म लागेको बताए।

भरतपुरमा माओवादीको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ जिल्ला सभापति भन्नेहरुले बोलेको सुन्नुभयो नि, खुसी हुनुपर्ने होइन?’ त्यसैगरी मेयर रेणु दाहालले पनि जनताको मन जितेर स्वार्थ नराखेर रातदिन काम गर्दा लखेट्ने कुरा आउनु दुखद भएको बताइन्।

रेणुले त एमालेले पनि महाधिवेशन चितवनमा गरेर आफूहरुलाई घेरा हाल्न खोजेको गुनासो गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *