यौन दुर्व्यवहार गर्न खोज्ने पुरुषले यी महिलाको हातबाट भेटे राम-धुलाई, को हुन् उनि ? भिडियोसहित

यौन दुर्व्यवहार गर्न खोज्ने पुरुषले यी महिलाको हातबाट भेटे राम-धुलाई, को हुन् उनि ? भिडियोसहित

काठमाडौँ । गतहप्ताको बुधबार बसमा यात्रा गरिरहेकी एक महिलामाथि एक पुरुषले यौ’न दुर्व्यवहार गर्न खोज्छन्। तर ती पुरुषले जसलाई यौ’न दुर्व्यवहार गर्न खोजेका हुन्छन् उनी मुवा थाई फाइटर हुन्छिन् जसकारण ती पुरुषले बस भित्रै राम–धुलाई भेट्छन्।

डेलीमेलका अनुसार ती पुरुषले पछाडिबाट महिलाको शरीरमा अनावश्यक रुपमा छुन खोज्छन्। यतिसम्म कि पुरुषले आफ्नो यौनांग महिलाको शरीरमा छुवाउन खोज्छन्। पुरुषले आफ्नो पेन्टको चेन नै खोलिसकेका हुन्छन्।

बेलम शहरमा भएको यो घटना भिडिओमा रेकर्ड भएको पाइएको छ। भिडिओमा महिलाले यौन दुर्व्यवहार गर्न खोज्ने पुरुषलाई घाँटीमा हातले अठ्याएको देख्न सकिन्छ। ती पुरुष झन्डै बेहोस हुन्छन्। ड्राइभरले गाडी त्यसपछि प्रहरी चौकी अगाडि रोक्छन् र ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइन्छ।

जहाँ बिहेका जन्ती र पाहुना पनि भाडामा पाइन्छ
अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा पाइनु त सामान्य नै हो, तर अहिलेको मानिस समेत भाडामा पाउन थालिएको छ । मानिस पनि विशेष मानिस ।

हो, संसारमा एउटा यस्तो देश छ, जहाँ बिहेमा जन्ती तथा पाहुनाहरु पनि भाडामै पाउन सकिन्छ । भाडामा जन्ती तथा पाहुना उपलब्ध गराउनका लागि दक्षिण कोरियामा विभिन्न एजेन्सीहरु नै खुलेका छन् ।

वास्तवमा दक्षिण कोरियामा बिहेको समारोहमा धेरै भन्दा धेरै पाहुना बोलाउनुलाई प्रतिष्ठाको विषय हुने गरेको छ । बिहेमा जतिधेरै पाहुना आए उति नै इज्जत रहन्छ त्यहाँ । त्यसैले समाजमा आफ्ना धाक देखाउनकै लागि वा इज्जत जोगाउनकै लागि भएप्नि मानिसहरु उल्लेखित एजेन्सीहरुबाट भाडामा पाहुना बोलाउने गर्दछन् ।

बिहेमा पाहुना तथा जन्ती भएर जाने भाडाका मानिसहरुलाई एजेन्सीहरुले विशेष तालीम दिएका हुन्छन् । उनीहरु बिहेमा गएपछि यस्तो व्यवहार देखाउँदछन् कि अन्य पाहुनाहरुले उनीहरुलाई परिवारको आफन्त ठान्दछन् । दक्षिण कोरियामा भाडामा पाहुना उपलब्ध गराउने सबैभन्द चर्चित एजेन्सीको नाम ह्यागेक फ्रेन्ड्स हो ।

एजेन्सीका अनुसार कोरोना महामारीका कारण बिहेमा पाहुनाहरु सामेल हुने क्रम ९९ प्रतिशतले घटाइएको थियो । अहिले महामारी मथ्थर भएसँगै बिहेमा उपस्थित हुन पाउने पाहुनाको संख्या २ सय ५० कायम गरिएको छ ।

यस्तोमा पनि बिहे समारोहमा २० देखि २५ जना भाडाका पाहुनाहरु बोलाउने गरिन्छ । त्यसरी भाडामा आएका पाहुनाहरुको ज्याला प्रति पाहुना २० डलर हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *