टुनामुना गरेको भन्दै एक्कासी घरमा नै आएर छिमेकीले नै खु’वाए म’लमु’त्र

टुनामुना गरेको भन्दै एक्कासी घरमा नै आएर छिमेकीले नै खु’वाए म’लमु’त्र

विशाल बस्नेत -औरही नगरपालिका–९ अग्लेशराका भकती ठाकुर खाना गत बिहीबार खानै लाग्दा छिमेकी रामकिला देवीले चार्को स्वरमा बाहिर बोलाइन ।

के भएछ भन्दै ठाकुर निस्केका मात्र थिए रामकिला देवीसँगै आएका उनका छोरा राम उदेश मण्डल, वितियादेवी मण्डल र उनका छोरा कृष्ण मण्डलले भकती ठाकुरलाई आँगनमा नपुग्दै एक्कासी आ’क्र’मण ग’र्न थाले । कसैले ला’ठी ब’र्साउ’न थाले, कसैले मु’क्का प्र’हा’र ग’रे । उनीहरू सबै मिलेर भकतीलाई गिलासमा ल्याएको म’ल’मुत्र ज’बर्ज’स्ती खु’वा’ए ।

५० बर्षीय भकती ठाकुर लोवारलाई यतिबेलासम्म के भइरहेको छ भन्ने थाहा थिएन । तर भिडबाटै रामकिलाले भकतीमाथि टुनामुना गरेर आफ्ना पतिको ह’त्या ग’रे’को र छोरा सडक दुर्घटनामा परेको आरोप लगाइन ।

पतिको ह’त्या र छोरालाई टुनामुना गरेर घाइते बनाएको आरोपमा रामकिला देवीले भकतीको घरमै पुगेर मलमुत्र खु’वा’एको पीडित पक्षले बताएका छन् ।

पीडितको मौखिक उजुरीको आधारमा घटनामा स’म्ल’ग्न रामकिला देवीलाई प्रहरीले आज पक्राउ गरेको छ भने फरार रहेकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । ‘पीडितहरूले मौखिक उजुरी गरेका छन् र उजुरीको आधारमा अनुशन्धान अगाडि बढाएका छौं,’ उनले भने ।

पीडित भकती ठाकुरको अँखामा चो’ट ला’गे’को छ । आ’क्र’मण’कारीलाई रोक्न खोज्दा ठाकुरकी भाउजू सुमौली देवीमाथि पनि हा’त’पा’त र कु’ट’पिट भएको छिमेकीहरूको भनाइ छ ।

पीडितहरूले आज (शुक्रबार) बिहानै जिल्ला प्रहरी कार्यालय जलेश्वरमा मौखिक उजुरी दिए पनि घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *