अदालतमै कुटाइ खाएका वकिलले धुरुधुरु रुदै भने -अब राजतन्त्र नल्याई छोडदिन

अदालतमै कुटाइ खाएका वकिलले धुरुधुरु रुदै भने -अब राजतन्त्र नल्याई छोडदिन

काठमाडौं । नेपाल बार एशोशिएन परिसरभित्रै कुटाइ खाएका अधिवक्ता भूमिनन्द चुडालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कसैले हटाउन नसक्ने बताएका छन्।

प्रधानन्यायाधीश जबरा रातन्त्रको खम्बा भएको भन्दै उनले यस्तो बताएका हुन्। चुडालले बार गैरसंवैधानिक भएको पनि आरोप लगाए। बार निकट व्यक्तिहरुले आफूहरुलाई अन्याय गरेको उल्लेख गर्दै उनले आफूलाई कुट्दा पनि बार रमिता हेरेर बसेको गुनासो गरे।

उनले यो व्यबस्थाको अन्त्य गर्न आफू रगत बगाउँन तयार रहेको बताए। उनले भने,’ राजतन्त्र आउनैपर्छ, राजतन्त्र नल्याई छोड्दै छोड्दिँन ।’ चुडालले आफू कानूनी प्रक्रियामा जाने पनि बताएका छन् ।

उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला अर्का अधिवक्ता विराट न्यौपानेले कुटपिट गरेका हुन् । ‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासी ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ । ’ चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *