दशैँ कैलालीका थारु जातिले यसरी मनाउँछन्, उनिहरुको दशै आफ्नै किसिमको भब्य हुने गर्छ(भिडियो हेर्नुस)

दशैँ कैलालीका थारु जातिले यसरी मनाउँछन्, उनिहरुको दशै आफ्नै किसिमको भब्य हुने गर्छ(भिडियो हेर्नुस)

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको आफ्नै मौलिक परम्परा रहेको छ । उनिहरुको ठाउँ अनुसार भाषा पनि केही फरक छ । पुर्वी तराइका जिल्ला झापा, मोरङ, सुनसरी र सिराहा सप्तरी उदयपुर जिल्लामै पनि केही भाषा फरक छ ।

त्यस्तै सुदुर पश्चिमका थारु समुदायको पनि आफ्नै मौलिक परम्परा र भाषा छ । हिन्दु धर्म मै मान्ने भएता पनि उनिहरु र पहाडी समुदायको मौलिक परम्परा भने फरक हुन्छ । चाडपर्व एउटै भएता पनि मनाउने परम्परा भने फरक रहेको छ ।

कैलालीका थारु समुदायले दशैमा टीका लगाउँदैनन । तर दुर्गा पूजा भने गर्ने गर्दछन । घटस्थापनामा राखिएको जमरा तथा आफुले लगाएको अन्न बालिको पातको माला बनाएर, आफ्नो जातिय पहिचान झल्किने पोसाक लगाएर नाजगान गरि दशै मनाउने उनिहरुको परम्परा रहेको छ । एक स्थानमा उनिहरु पूजा गर्ने गर्दछन । घरमा आफैले बुनेको ढाकिमा पुजा गर्न्व सामाग्रीहरु बोकेर नाजगान गर्दै उनिहरु पुजा गर्ने थानमा जाने गर्दछन । त्यह सबै जम्मा भएर पूजापाठ हुने गर्दछ ।

पूजापाठ सकेर घरमै बनाएर ल्याएको खानेकुराहरु सगै खाने उनिहरुको परम्परा रहेको छ । थारु समुदायको एक स्थान हुन्छ पूजापाठ गर्ने, जसलाई उनिहरु थान भन्ने गर्दछन । कसैले नयाँ घर बनाए पछि उक्त थानमा पनि घरकै आकृती देखिने सानो ठाउँ बनाउने उनिहरुको चलन छ । त्यही थानमा उनिहरु चाडपर्वमा फूल, बत्ती, दियो, जमरा लगाएतले पूजापाठ गर्ने गर्दछन ।

दशैँ तिहार जस्ता पर्वहरुमा सम्पुर्ण परिवार भेला भइ आफ्नो जातिया पोसाक लगाई उनिहरुको मौलिक बाजागाजा सहित गोलो घेरा बनाएर नाचगान गर्ने गर्दछ्न ।

दुर्गा पुजामा हासँ कुखुरा लगाएतको बलि दिने उनिहरुको चलन छ । घरमै दुर्गामातालाई बलि दिएर उनिहरु थानमा नाचगान गर्दै पूजापाठ गर्न जाने गर्दछन । भोलिपल्ट उनिहरु घरको महिला र पुरुष दुई जना गरि अघिल्लो पूजा गरिएको आफ्नो देबिदेउतालाई लिएर नदिमा गइ बगाउने गर्दछन ।

आफ्नो घरमा बास गर्न आएर आफुहरुको मनोकामना पूरा गरिदिए पछि देबिदेउताहरु आफ्नै बासस्थानमा जाने बिश्वास गरिन्छ । सोही कारण देबिदेउताको पूजापाठ सके पछि नदिमा लगेर उनिहरुलाई आफ्नै बासस्थानमा जाउ भन्दै बगाउने गरिन्छ ।

तर अहिले पछिल्लो पुस्ताले आफ्नो परम्परा बिर्सदै गएकोमा थारु समुदाय चिन्चित छ । अहिलेको पुस्ता पुरातनवादी सोचमा बिश्वास नगर्ने भएकोले गर्दा पनि यस्तो भएको उनिहरुको बुझाई छ ।

तर आफ्नो मौलिक परम्पराले कसैलाई नोक्सान नगर्ने भन्दै आफ्नो पहिचान झल्किने आफ्नो परम्परालाई निरन्तर राख्नु पर्ने कतिपयको बुझाई छ । विभिन्न जातजाति बसोबास गर्ने नेपालमा सबैको आफ्नै मौलिक परम्परा रहेको छ । त्यो परम्परा आफ्नो चिनारी रहेको भन्दै त्यसलाई जोगाउनु अहिलेको पुस्ताको कर्तव्य ठान्नेहरु पनि धेरै छन । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *