मोबाइल किनिदिएको १ नबित्दै १६ वर्षीय किशोरी घर छोडेर हिडिन्(भिडियो हेर्नुस)

मोबाइल किनिदिएको १ नबित्दै १६ वर्षीय किशोरी घर छोडेर हिडिन्(भिडियो हेर्नुस)

नेपालमा वैवाहिक सम्बन्धि कानुनमा बिबाह गर्ने जोडि २० वर्ष पुगेकी हुनु पर्ने उल्लेख छ । २० वर्ष भन्दा कम उमेरमा गरिएको बिबाहलाई बैधानिक मानिदैन । यदि त्यसो गरेको खण्डमा प्रचलित कानुन अनुसार सजायको ब्यावस्था पनि गरिएको छ ।

तर स्वइच्छाले भने कतिलै उमेरमा बिबाह गर्नेहरु थुप्रै छन । सरकारले कानुन बनाएता पनि त्यसको उचित कार्यनयन भएको देखिएको छैन । घरपरिवारले छुटाउन चाहेको खण्डमा मात्र कानुनी कुराहरु आउने गर्दछन । त्यसभन्दा बाहेक यो कानुनले केही गरेको देखिएको छैन ।

म्याग्दी जिल्लाको रघुगंगा गाउपालिका १ मेघाकी १६ वर्षिय चिना बोहोरा कक्षा ९ मा पढ्थिन । अहिले उनी हराएको निकै समय भै सक्दा पनि सम्पर्कमा न आएकोले आफू मिडियामा आएको चिनाकी दिदी मनिशा बोहोराले बताएकी छिन ।

उनी बिबाह नै गरेर गएको हो कि भन्ने आफुहरुले शंका गरेको उनले बताएकी छिन । आफुहरुले चिनाको मोबाइलमा अनिल बुढामगर नाम गरेको फेसबुक आइडीसगँ थुप्रै कुराहरु गरेको भेटेकोले उसैसगँ गएको हो कि भन्ने लागेको बताईन ।

साथै उनी घरबाट हराएको केही समयमा उक्त ब्याक्तिसगँ कुरा गर्दा आफुसगैँ रहेको बताएको मनिशाको भनाई छ । तर त्यसपछी भने अहिलेसम्म कुनै सम्पर्क नभएको उनको भनाई छ ।

आफुहरु काठमाडौ गएर उनका थुप्रै साथिहरुसगँ भेटेर कुरा गर्दा पनि अनिल नाम गरेको केटा सगँ नै गएको उनिहरुले खुलाएको मनिशाले बताएकी छिन । उनिहरुले बिबाह गरेर काठमाडौ नै ल्याएको आफुलाई बताएको उनको भनाई छ । चिना असोज ६ गते घरबाट हिडेकि थिइन ।

आफुले लोकेसन हेर्दा घरबाट हिडे पछि पोखरा बसपार्कमा देखाएको उनले बताईन । तर त्यसपछी भने मोबाइल अफ रहेको उनको भनाई छ । बिबाह नै गरेर आफ्नो इच्छाले गएको भएता पनि आफुहरु त्यसलाई स्वीकार गरे तर आफुहरुसगँ सम्पर्कमा आइदिए हुन्थ्यो भन्ने आफुहरुको चाहाना भएको उनले बताएकी छिन ।

बिबाह गरेर गएको भएता पनि अहिलेसम्म सम्पर्कमा न आउदा केहि भयो कि भन्ने आफुहरुलाई डर भएको उनले बताईन । फेसबुक बाट चिनेको मान्छे के कस्तो हो त्यो नबुझी जादाँ कतै अहिले अप्ठ्यारोमा परेर सम्पर्कमा न आएको हो कि भनेर आफुहरुले खोजी गरेको उनको भनाई छ ।

चिनाकी आमा वैदेशिक रोजगारीको क्रममा कुबेतमा छिन । घरमा उनी बाबासगँ बस्ने गर्थिन । उनलाईउनी हिड्नु भन्दा १ महिना अघि मात्र मोबाइल किनिदिएको मनिशाले बताईन । मोबाइल किनिदिएकै कारण अहिले यस्तो भएको उनको बुझाई छ ।

अहिले चिना गएको भनिएको केटा आफ्नो ठाउँ तिरको नभएको हुनाले उनिहरुको भेट मोबाइल बाटै भएको हुन सक्ने उनले बताएकी छिन । मोबाइल अहिलेको समयमा आवश्यक चिज भएको भएता पनि त्यसलाई उपयोग राम्रोसगँ गर्न नसक्दा आफुले पनि दुख पाउने साथै परिवारलाई पनि दुख दिने उनको बुझाइ छ । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *