चोलेन्द्रले सार्वजनिक रुपमै खोलिदिए प्रचण्डको पोल ! सत्ता गठबन्धनमा तरंग

चोलेन्द्रले सार्वजनिक रुपमै खोलिदिए प्रचण्डको पोल ! सत्ता गठबन्धनमा तरंग

काठमाण्डौँ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले सार्वजनिक रुपमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको पोल खोलिदिएका छन् ।
प्रचण्ड र चोलेन्द्र विच प्रधानन्यायाधिश निवास बालुवाटारमा मा भेटघाट भएको कुरा प्रचण्ड र उनको सचिवालयले अस्विकार गर्दै आएको थियो तर राणाले सार्वजनिक रुपमै प्रचण्ड आफुलाई भेट्न आएको खुलासा गरिदिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तवार्ता दिँदै प्रधानन्यायाधिश जबराले प्रचण्ड साँझ ६ बजे आफ्नो निवासमा आएको र दश मिनेट बसेर बाहिरिएको बताएका छन् । भेटमा दशैँको शुभकामना आदान प्रदान मात्रै भएको दावी राणाले गरेका छन् ।

प्रधानन्यायाधिश जबराले प्रचण्ड आफँले भेट्न खोजेर भेटका लागी आफुले समय दिएको पनि बताएका छन् । रातको समयमा गएर प्रधानन्यायाधिशलाई भेट्ने बाहिर भेटेको छैन भन्दै हिड्ने प्रचण्ड प्रति अब गम्भिर प्रश्न उठेको छ ।

प्रधानन्यायाधिशले मन्त्रीपरिषदमा भाग खोजेको र प्रचण्ड लगायत सँग अस्वाभाविक भेटघाट गरेका लगायतका कारण बाट उनको राजिनामा मागिएको अवस्थामा राणाले टेलिभिजन अन्तवार्ता दिँदै आफुले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

कुनै पनि हालतमा राजिनामा नदिने अडान पनि प्रधानन्यायधिश राणाले फेरी राखेका छन् । आफु कसैको निगाहामा प्रधानन्यायाधिश बनेको नभइ संविधान अनुसार बनेकाले बाहिरिनु परे पनि संविधान बमोजिमनै बाहिरिने राणाले प्रष्ट पारेका छन् ।

अन्तर्वातामा निकै खुलस्त रुपमा प्रस्तुत भएका राणाले आफु माथी लागेका सम्पुर्ण आरोपको खुलस्त जवाफ दिएका छन् । अहिले नियोजित रुपमा आफु माथी षड्यन्त्र भएको पनि उनले बताएका छन् । राजनितक संरक्षण रहेको आरोपको पनि राणाले खण्डन गरेका छन् ।

चार जना पूर्वप्रधानन्याधिशहरुको अभियान प्रति असन्तुष्टि जनाउँदै राणाले पुुर्वप्रधान्यायाधिश कल्याण श्रेष्ठ धेरै अध्ययन भएको तर विवेक नभएको मान्छे भनेका छन् । सुशिला कार्कीले आफ्नो बारेमा अरुको कान र अरुकै आँखा बाट धारणा बनाएको गुनासो पनि उनले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *