माधव नेपालले आफ्नै पार्टीका प्रभावशाली केन्द्रीय सदस्यमाथि चलाए डण्डा, गरिदिए बर्खास्त !

माधव नेपालले आफ्नै पार्टीका प्रभावशाली केन्द्रीय सदस्यमाथि चलाए डण्डा, गरिदिए बर्खास्त !

नेकपा एकीकृत समाजवादीले अधिवक्ता गोविन्द बन्दीको नामको केन्द्रीय सदस्यबाट हटाएको छ । असोज पहिलो साता बसेको बैठकले गरेको निर्णय अनुसार बन्दीलाई केन्द्रीय सदस्य तथा कानून विभागको प्रमुख बनाएर असोज २९ मा सर्कुलर जारी गरिएको थियो ।

तर सो सर्कुलरको पार्टीभित्रै तीब्र विरोध भएपछि संशोधनसहित बुधवार जारी गरिएको अर्को सर्कुलरमा बन्दीका नाम छैन । कानून विभाग प्रमुखको जिम्मा पनि गंगालाल तुलाधरलाई दिइएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका पारिवारिक नातेदार समेत रहेका बन्दीलाई कानूनमन्त्री बनाउने गठबन्धनमा सहमति भए पनि अन्तिममा उनी बन्न सकेनन् । बन्दी आफैंले केन्द्रीय कमिटी सदस्य बन्न अश्वीकार गरेपछि उनको नाम हटाइएको नेकपा एस स्रोतले जनाएको छ ।

एमाले निकट वकिलहरुमध्ये शम्भु थापा,टीकाराम भट्टराई,गोविन्द बन्दी लगायतको ठूलो टिम केपी ओलीविरुद्ध परमादेश जारी गराउन र नेकपा एमालेको वैधानिकता सम्बन्धी विवादमा माधव नेपाल पक्षमा सक्रियतापूर्वक उभिएका थिए । नेकपा एमाले विभाजनपछि टिकाराम भट्टराई एसमा लागेका छैनन् । उनी एमालेको विधान महाधिवेशनमा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *