परमादेशबाट आएको देउवा सरकारको पर्दाफास हुँदै,प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

परमादेशबाट आएको देउवा सरकारको पर्दाफास हुँदै,प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादलाई लिएर सडकमा पनि प्रदर्शन हुन थालेको छ । यसैक्रममा स्वतन्त्र नेपाली युवाले माइतीघरमा प्रदर्शन गरेको छ ।

स्वतन्त्र नेपाली युवाले न्यायालयमाथिको हस्तक्षेप बढेको भन्दै खबरदारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएका स्वतन्त्र नेपाली युवाले ‘बारको काम जनताको पक्षमा वकालत गर्ने कि, प्रधानन्यायाधीशको राजीनामा माग्ने’,

‘हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन’, ‘अदालतभित्रको समस्या तथा बुटबन्दीको चपेटामा सर्वसाधारणको बली कहिलेसम्म चढ्ने ?’, ‘न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर’जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दा आफ्नो इजलासमा राखेका छन् ।

सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिस्कार गरेपछि प्रधानन्यायाधीश जबराले भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाइ सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *