रावण जन्मिएको,नाभी गाढिएको ठाउँ भेटियो, शीलाबाट र’गत बगीरहेको छ(भिडियो हेर्नुस)

रावण जन्मिएको,नाभी गाढिएको ठाउँ भेटियो, शीलाबाट र’गत बगीरहेको छ(भिडियो हेर्नुस)

धार्मिक ग्रन्थमा लंकाका राजा रावणको बारेमा थुप्रै कथाहरु पाइन्छ । रामायणमा भगवान रामकी पत्नी सितालाई हरण गरेर रावणले लंका लिएर गए पछि रामसगँ उनको युद्ध भएको थियो जहाँ उनको मृ’त्यु भयो भन्ने उल्लेख छ ।

जनकपुरमा जन्मिएकी सिताको बिबाह भारतको अयोध्याका रामसगँ भएको उल्लेख गरिएको छ । तर केही समय अगाडि नेपालका तत्कालीन प्रधानमन्त्री के पि ओलिले राम नेपालमै जन्मिएको भन्ने भनाईले निकै चर्चा र बिबाद गराएको थियो ।

रामायणमा उल्लेख गरिएको रावणको राज्य लंका अहिलेको श्रीलंकालाई बुझिन्छ । नेपालबाट निकै टाढा समुन्द्र पारी रहेको उक्त टापु देशका राजा रावण नेपाल मै जन्मिएको भन्ने अहिले कतिपयले भन्ने गरेका छन ।

यदि यहि साचोँ भए रामायणमा उल्लेख गरिएको लंका कतै नेपाल मै त छैन भन्ने प्रश्न पनि उठ्ने गर्छ । हुनत सुनसरी जिल्लाको कोशी क्षेत्रमा लंका नामको टापु पनि रहेको छ । तर त्यो लंका रामायणमा उल्लेख भएको भन्ने कुनै प्रमाण छैन । रामायणमा समुन्द्रको उल्लेख गरिएकोले नेपालामा लंका हुनु सम्भव देखिदैन ।

अहिले म्याग्दिको बेनि नगरपालिका ५ मा नाभि गाढिएको ठाउँ भन्ने स्थान छ, जहाँ, स्थानिय बासिका अनुसार रावणको नाभि गाढिएको कोम्बदन्ती रहेको बताउँछन । उक्त स्थान भन्दा केही पर मन्दिर पनि रहेको छ

उक्त मन्दिर भएको ठाउँलाई रावणका पिताले हवन गरेको स्थान भनेर चिनिन्छ । अझै पनि उक्त मन्दिरको एक भागमा हवन गर्दा जम्मा हुने कोइला भेटिन्छ । अहिले मन्दिर भएको स्थानमा रावणका पिताको बस्ने कुटि भएको स्थानियहरुको बिश्वास छ । रावण सोही स्थानमा जन्मिएको उनिहरु बताउँछन ।

रावण जन्मिए पछि नेपाली चलन अनुसार सुत्केरी बार्ने भएकोले त्यो बेला पनि उनिहरु बस्ने स्थानबाट केही पर राखिएको र त्यहा नाभि काटेर गाढिएको हुन सक्ने उनिहरुको बिश्वास छ । उक्त स्थान आफुहरुले सुने देखि नै नाभि गाढिएको ठाउँका नामले चिनिन्छ ।

नाभि गाढिएको भनिएको स्थानमा भने एउटा ढुङ्गा देख्न सकिन्छ अहिले । स्थानीयका अनुसार नाभि राखे पछि त्यसलाई केहिले पनि नखावस भनेर गाढ्ने चलन रहेकोले त्यही ढुङ्गाको मुनि नाभि राखिएको भनाई छ ।

उक्त नाभि राखिएको भनिएको ढुङ्गाको मुनिबाट बर्खायाममा पानी परेको अवस्थामा रातो पानी बग्ने गरेको त्यहाका प्रत्यक्षदर्शी स्थानियहरुले बताए । सुत्केरी अवस्थ्ाामा नाभि काटेर नुहाउदा जस्तो पानी जान्छ उक्त स्थानमा पनि त्यस्तै बग्ने गरेको उनिहरुको भनाई छ । नाभि राखिएको भनिएको स्थान नजिकै एक कुवा पनि रहेको छ ।

जुन अहिले भने सुकि सकेको अवस्थामा छ । गाउलेहरुका अनुसार सुत्केरी छल्ने चलन अनुसार रावण जन्मिए पछि उनिकी आमालाई सुत्केरी छल्न पहिले बसेको स्थान भन्दा केही पर लगेको र त्यही बसेको हुनाले सुत्केरी नुहाउनका लागि उक्त कुवा खनिएको बिश्वास छ । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *