एकाबिहानै नेपालका बहुचर्चित ब्याक्तिको निधन

एकाबिहानै नेपालका बहुचर्चित ब्याक्तिको निधन

कठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका लम्सालको ८४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् ।

उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न २०५८ मा लम्सालको अध्यक्षतामा बहुचर्चित एक न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *