देउवा सरकारको अर्को सरप्राइज, देशभरका प्रहरीहरुमा छायो खुसीयाली !

देउवा सरकारको अर्को सरप्राइज, देशभरका प्रहरीहरुमा छायो खुसीयाली !

देउवा सरकारले देशभरका प्रहरीहरुलाई तिहारको मुखैमा खुसीको खबर दिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मन जित्ने काम गरेको हो ।

लामो समयदेखि चर्चामा रहेपनि वृद्धि हुन नसकेको रासन भत्ता बढाएर सरकारले प्रहरीलाई तिहारको आगमन हुनै लाग्दा खुसी दिएको हो । सरकारले राशन भत्तामा एकैपल्ट १५ प्रतिशत वृद्धि गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाएर उपलब्ध गराउने निर्णय गरेको हो । गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् ।

सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गरेको हुन्छ । त्यसैका आधारमा उनीहरूले रासन भत्ता पाउँदै आएका छन् । बढाइएको भत्ता गत साउनदेखि नै लागू हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *