काठमाडौं उपत्यकामा चोरको ठुलो समुह पक्राउ

काठमाडौं उपत्यकामा चोरको ठुलो समुह पक्राउ

ठमाडौं । महानगरीय प्रहरी काठमाडौंले विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने समूहलाइ पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेकाहरुमा काठमाडौको कोटेश्वर बस्ने कमल थापामगर, धनलाल थापामगर र पाचथर फाल्गुनानन्द गाउँपालिकाका हरिप्रसाद रसाइली रहेका छन् ।

यो समूहले रातको समयमा राजधानीका विभिन्न सहकारी र वित्तीय संस्थाहरु तथा दिउँसोमा घरको ढोका फोरेर चोरी गर्ने गरेको अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताउनुभयो । उनीहरुको साथबाट चोरीमा प्रयोग हुने रड र गरगहना बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै गाउँ फर्किंदा काठमाडौंका घर खाली हुन्छ, त्यही मौकालाई चोरले निशाना बनाउँछन् । त्यसैले सर्वसाधारणलाई के सुझाव दिन चाहन्छौं भने तपाईंले घरमा ताला लगाएर जाँदै हुनुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा खबर गर्नुस् ।

त्यसो भयो भने प्रहरीले तपाईंको घरलाई नियमित निगरानीमा राख्नेछ । छिमेकीलाई पनि खबर गरिराख्नुस्, ताकी कुनै अप्रिय वा शंकास्पद गतिविधि भए, प्रहरीसम्म खबर पुगोस्, तपाईंलाई खबर होस् ।

काठमाडौंको स्थिति के छ भने छिमेकी एकअर्कालाई चिन्दैनन् । छिमेकीमा के भइरहेको छ, नजिकको छिमेकीले सरोकार राख्दैन । तर दशैंको बेलामा छिमेकीले एकअर्कालाई सहयोग गर्नुपर्छ । सबै सजग हुनुपर्छ र चोरीको घटना हुन नदिन लाग्नुपर्छ, किनकि यो सबैलाई आइपर्नसक्ने समस्या हो ।

केहि समय अगाडी चोरीमा पक्राउ परेका ब्याक्तिहरु फाइल तस्विर
हुन त हामीले चोरी, पाकेटमारीमा संलग्नहरुलाई नियन्त्रणमा लिने अभियानै चलाएका छौं । विगतका अभिलेखका आधारमा २ सय बढी पाकेटमार पक्राउ परिसकेका छन्, अझै केही निगरानीमा पनि छन् । तर सर्वसाधारण आफैं सचेत नभएसम्म यस्ता घटना शून्यमा झर्न सक्दैनन् ।

केहि समय अघि पनि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोसाकमा खटिएको विशेष टोलीले १२४ जना पकेटमार तथा चोरहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये २० जना धरौटीमा छुटेका, ८३ जनाको अनुसन्धान भइरहेको र २४ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको थियो। पक्राउ पर्नेमा ५ जना महिला समेत रहेका छन्। भारतीय मूलका महिलाहरू कवाडी सामान खोज्ने क्रममा घरभित्र छिरेर चोरी गर्ने गरेको प्रहरीले बताएका छन्।

राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बस पार्कलगायत क्षेत्रमा चोरी तथा पाकेटमारहरु सक्रिय रहेका हुन्छन। बढी आर्थिक कारोबार हुने र भिडभाड भएकाले यस क्षेत्रमा भिआइपी पकेटमार सक्रिय हुने गरेको छन्। ‘भिड भएको ठाउँ र सार्वजनिक सवारीमा यात्रा गर्दा ध्यान दिनुहोला। पकेटमारले भिड भएको ठाउँमा बढी चोरी भएको पाइएको छ,’ एक प्रहरीले भने। राजधानीमा कार्यालय समयमा सबैभन्दा धेरै चोरी हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *