इन्डोनेशियाका प्रथम राष्ट्रपति सुकार्नोकी छोरीले मुस्लिम धर्म त्यागि बनिन् हिन्दू

इन्डोनेशियाका प्रथम राष्ट्रपति सुकार्नोकी छोरीले मुस्लिम धर्म त्यागि बनिन् हिन्दू

जाकार्ता – इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ ।सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान भएको उनका वकिले बताएका छन् । उनी हिन्दू धर्मका आदर्श र सिद्धान्तबारे पनि उत्तिकै सचेत रहेको बताइन्छ । सुकमावती पूर्व राष्ट्रपति सुकर्णोकी तेस्रो छोरी र पूर्व राष्ट्रपति मेगावती सुकर्णपुत्रीकी कान्छी बहिनी हुन् । ७० वर्षीया सुकमावती सुकर्णपुत्री इन्डोनेसियामा बस्दै आएकी छिन् ।

सन् २०१८ मा, कट्टरपन्थी इस्लामिक समूहहरूले उनीविरुद्ध इशनिन्दा (पैगम्बरको अपमान) को उजुरी दायर गरेको थियो । त्यसबेला, सुकमावतीले एउटा कविता साझा गरेकी थिइन्, जसलाई लिएर कट्टरपन्थीहरूले आफ्ना भगवानको अपमान गरेको आरोप लगाएका हुन् । उनले इस्लामको अपमान गरेको उनीहरुको भनाई थियो । त्यस घटनापछि, सुकमावतीले आफ्नो कविता को लागी माफी माग्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *