प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन लागेको हो ? प्रचण्डले दिए यस्तो प्रतिक्रिया

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन लागेको हो ? प्रचण्डले दिए यस्तो प्रतिक्रिया

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा सत्तारुढ गठबन्धनकै तर्फबाट धारणा सार्वजनिक गरिने बताएका छन्। प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै चर्चा र छलफल नभएको बताए।

चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकालाई आ–आफ्नो स्वतन्त्रता उपयोग गर्न दिनुपर्ने टिप्पणी गरे।‘हामी हिजो मात्रै गठबन्धनका तीन पार्टी जुटेका थियौ। पाँचवटै पार्टी जुटेर छलफल गर्ने भनिएको छ,’ प्रचण्डले भने, ‘तर, प्रधानन्यायाधीशलाई महाअभियोग लागाउने विषयमा चर्चा गरेका छैनौं। प्रसंग नै छैन। एक/दुई दिनभित्र गठबन्धनले धारणा सार्वजनिक गर्ने छ।’

प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‌मा भागबण्डा मागेको भन्ने कुराको खण्डन आफूले नै गरेको पनि प्रचण्डले स्मरण गरे।‘अघिल्लोपटक चितवन आउँदा प्रधान्यायाधीशको कोटाबाट उद्योगमन्त्री भएको होइन, कांगेस कोटाबाट मन्त्री बनाएको हो।

कांग्रेसकै प्रतिनिधि मन्त्री हुनु भएको हो भनेको थिए,’ प्रचण्डले भने, ‘पछि उहाँले राजीनामा दिनुभएछ। त्यसपछि परिस्थिति नयाँ बन्यो। त्यहीँबाट विवाद चर्किरहेको छ। मलाई लाग्छ एउटा विन्दुमा पुगेर गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *