भिडियो हटाए मिलेर बस्ने फ’रार श्रीमानको पहिलो शर्त(भिडियो हेर्नुस)

भिडियो हटाए मिलेर बस्ने फ’रार श्रीमानको पहिलो शर्त(भिडियो हेर्नुस)

बिबाह गरेर श्रीमान श्रीमतीबिच एक अर्कालाई राम्रोसगँ चिन्न बुझ्न नपाउदैँ श्रीमानले अर्कै युवती लिएर फ’रार भए पछि धरानकी एक महिला आफ्नो जीवन ब’र्बा’द बनाएको भन्दै मिडियामा आएकी छिन ।

बिबाह भएको करिब दुई महिना पछि बिदेश जाने भन्दै घरबाट हिडेका उनका श्रीमानले अहिले दुई वर्ष भै सक्दा पनि कुनै सम्पर्क नगरेको उनको भनाई छ । आफुले फेसबुकमा अर्कै केटिसगँ फोटो देखे पछि भने बिदेश नगइ अरु नै विवाह गरि बसेको रहेछ भन्ने थाहा पाएको उनले बताएकि थिइन

सुनसरी जिल्लाको धरान माइती भएकी कबिता प्याकुरेल को दुई वर्ष अघि मोरङ जिल्लाको बिराटचौकका शिशिर तिमल्सिनासगँ मागी बिबाह भएको थियो ।

आफू पढ्दै गर्दा घरमा माग्न आए पछि उनको परिवाले पनि पढाउने सर्तमा उनलाइ बिबाह गरेका थिए । तर उनी केही समय पछि सम्पर्क बिहिन भए पछि उनकी श्रीमती कबिता मिडियामा आएकी थिइन । श्रीमति मिडियामा आए पछि भने उनका श्रीमान पनि फोन सम्पर्कमा आएका छन ।

असारमा बिबाह भए पछि मंसिरमा बिदेश जाने भन्दै घरबाट हिडेको कबिताको भनाई थियो । काठमाडौबाट आफू अब बिदेशको लागि उडान गरेको भन्दै फोन गरे पछि अहिलेसम्म फोन सम्पर्क नभएको उनले भनाई थियी ।

तर फेसबुकमा एक फेक आइडिबाट भने बोल्ने गरेको उनी बताएकि थिइन । सोही आइडिबाट म्यासेज गर्दै आफ्नो खुशी गर्नु अब म सगँ कुनै सम्बन्ध नरहने बताउँने गरेको उनले बताईन । उक्ति आइडिमा एक जना युवतिसगँ खिचेको फोटो पनि उनले पोस्ट गरेका थिए ।

तर अहिले भने श्रीमानले फोन सम्पर्क गरेकी कबिताले बताएकी छिन । फोनमा श्रीमानले मिडियामा लगाएको भिडियो हटाउन लगाए आफू घर आउने  र घर आएर कुरा गर्ने बताएको कबिताले सुनाईन ।

अब के कसो गर्ने त्यो आफू घर आएर सल्लाह गर्ने भन्दै भिडियो पहिले हटाउन लगाउनु आफुलाई भनेको उनले बताईन । तर कबिता भने भिडियो हटाएर पनि श्रीमान आएर आफू सगै बस्ने कुनै बिश्वास भने नभएको बताईन । अहिले पनि कहाँ हुनुहुन्छ, के गर्दै भन्ने केही नबताउने गरेको बिश्वास गर्न आफुले नसकेको उनको भनाई छ ।

तर अहिले सम्पर्कमा भने निरन्तर भएको र आफ्नो आमासगँ पनि कुराकानी गरेको कबिताले बताईन । आफू मिडियामा आए पछि भने श्रीमानले केही गल्ती गरेको हो भन्ने केही महसुस चै भएको होलस कि भन्ने आफुलाई लगेको उनको भनाई छ ।

तर पनि आफ्नो ठेगान, काम गर्ने ठाउँ, सम्पर्क मोबाइल नम्बर भने केही नदिएको उनले बताईन । साथै म्यासेन्जरमा अडियो कल मात्र गर्ने भिडियो कल भने नगरेको उनको भनाई छ । आफू दुबैमा रहेको र अब घर आउने भन्दै ठेगान इत्यादि किन चाहियो र भन्ने गरेको उनले बताईन ।(भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *