प्रचण्डको त भाग्य नै बलियो, फेरि आयो अर्को खुसीको खबर !

प्रचण्डको त भाग्य नै बलियो, फेरि आयो अर्को खुसीको खबर !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माओवादीलाई देशकै १ नम्बर पार्टी बनाउने भन्दैं भाषण गरेयता माओवादी प्रवेश गर्नेको ठूलो लहर लागेको छ ।

यसैबीच, अर्को खुसीको खबर आएको छ । जनता समाजवादी पार्टीका नगर तथा क्षेत्रीय अध्यक्ष नै पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

काठमाडौँस्थित माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगेर उनीहरू माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई टीका र माला लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए ।

जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार, भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू पनि माओवादीमा प्रवेश गरेको माओवादीका स्थानीय नेता नसरूदिन अन्सारीले जानकारी दिए ।

क्षेत्रीय अध्यक्ष रामाकान्त चौरसिया द्वन्द्वकालमा रौतहट क्षेत्र ३ स्थित माओवादीको एरिया कमान्डर रहेर लामो समय काम गरेका थिए । अर्ली इलेक्सनको चर्चा चलेसँगै पछिल्लो समय एउटा पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गर्नेहरु बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *