सुर्खेतमा बम विस्फोट, दिदीभाइ घाइते, यस्तो छ अवस्था

सुर्खेतमा बम विस्फोट, दिदीभाइ घाइते, यस्तो छ अवस्था

सुर्खेत –सुर्खेतको वीरेन्द्रनगरमा बम विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।डिएसपी घर्तीका अनुसार घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।

‘समुदायिक वन खुलेको रैछ, आज बिहान १० बजेर ४५ मिनेटमा एक्कासी बेवारिसे बम बिस्फोट भएछ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने ।

उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *