बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले भने, ‘अब झापामा माओवादी पत्तासाफ हुन्छ !

बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले भने, ‘अब झापामा माओवादी पत्तासाफ हुन्छ !

झापा । झापाको बिर्तामोडस्थित विवादित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।​
प्रसाईंसहितका विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा जाँदैछन् ।

प्रसाईले यसअघि नेकपा माओवादी भएको बताउने गरेका थिए । बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा आफूसहित झण्डै चार हजार विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने तयारी भएको प्रसाईँले बताए ।

पार्टी प्रवेश गरेर ओलीको हातबाट टीका लगाउनुअघि प्रसाईंले भने, ‘अब झापाबाट माओवादी पत्तासाफ हुन्छ ।’ उनले टाउकाको मोल तोक्ने शेरबहादुर देउवा र कम्युनिस्टको वर्गशत्रु रहेको काँग्रेससँग माओवादीले घाँटी जोडेकाले पार्टी छोड्ने निर्णयमा पुगेको दावी गरे । प्रसाईं यसअघि असोजमा काठमाडौमा सम्पन्न नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *