चीनलाई काउन्टर दिन खोज्दा अमेरिकालाई लाग्यो गम्भीर धक्का, बाइडेन ठूलो तनावमा !

चीनलाई काउन्टर दिन खोज्दा अमेरिकालाई लाग्यो गम्भीर धक्का, बाइडेन ठूलो तनावमा !

एजेन्सी, ७ कात्तिक । आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा चीन रुस लगायत शक्ति राष्ट्रहरुलाई काउन्टर दिन खोज्दा अमेरिकालाई गम्भीर धक्का लागेको छ ।

अमेरिका आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा असफल भएको हो । चीन र रुससँग हाइपरसोनिक मिसाइलको दौडमा रहेको अमेरिकालाई परीक्षण असफल भएबाट धक्का परेको सीएनएनले जनाएको छ ।

पेन्टागनले विज्ञप्ति नै जारी गरेर हाइपरसोनिक मिसाइलमा सफलता हासिल हुन नसकेको जनाएको छ । असफलतापछि अमेरिकी अधिकारीहरुले यसको समिक्षा गर्न थालेका छन् ।

चीन र रुसले हाइपरसोनिक मिसाइल बनाइरहेको खबरहरु सार्वजनिक भइरहेका छन् । चीनले हाइपरसोनिक ग्लाइड भेइकलको सफल परीक्षण गरिसकेको चर्चा छ । चीनले सफल परीक्षण गर्दा अमेरिका यो कदममा असफल भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन चिन्तित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फाइनानसियल टाइम्सले चीनले हाइपरसोनिक ग्लाइड भेइकलको सफल परीक्षण गरेको खबर प्रकाशित गरिसकेको छ । यद्यपि, चीनले यसलाई अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *