ईर्ली इलेक्सनको चर्चाकाबीच देउवा सरकारका प्रभावशाली मन्त्रीले नै तोकिदिए अर्ली ईलेक्सनको मिति, एमालेको खुसीको सिमा नै रहेन् !

ईर्ली इलेक्सनको चर्चाकाबीच देउवा सरकारका प्रभावशाली मन्त्रीले नै तोकिदिए अर्ली ईलेक्सनको मिति, एमालेको खुसीको सिमा नै रहेन् !

काठमाडौं – अर्ली ईलेक्सनको चर्चा चलिरहेकै बेला देउवा सरकारका प्रभावशाली एक मन्त्रीले अर्लि ईलेक्सनको सम्भावित मिति नै तोकिदिएका छन् । ती मन्त्रको घोषणापछि नेकपा एमाले लगायत दलहरु उत्साहित बनेका छन् ।

नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्काले आगामी चैत–बैशाखमा संसदको मध्यावधि चुनाव हुनसक्ने बताएका हुन् ।शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले सबै दलहरूबीच सहमति जुटेमा चुनाव हुनसक्ने बताएका छन् ।

‘सबै दलहरूबीच सहमति जुटेमा चैत–बैशाखसम्म चुनाव हुनसक्छ । तत्कालै अर्ली इलेक्सनको कुरा छैन तर त्यसखाले वातावरण बन्यो र सबैलाई चुनाव गरौं भन्ने लाग्यो भने चैत–बैशाखसम्म होला ।

अहिलेसम्म अर्को वर्ष मंसिरमै गर्ने भन्ने छ तर राजनीतिमा सबै सम्भावनाहरु रहन्छन्,’ मन्त्री खड्काले भने । एमसीसी पारित गर्न दलहरूबीच साझा सहमति आवश्यक रहेको मन्त्री खड्काले बताएका छन् ।

उनले चुनावअघि नै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न हुने बताएका छन् । ‘चुनावअघि नै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाइसक्नुभएको छ ।

केही जिल्लामा अझै पनि वडा अधिवेशन सम्पन्न हुन सकेको छैन । साथीहरु अझै पनि अनसनमै हुनुहुन्छ,’ उनले भने, ‘सबै समस्याहरू सम्बोधन गरिसकेपछि चाँडोभन्दा चाँडो महाधिवेशन हुनेछ । मंसिरमा हुने सम्भावना देख्दिनँ । मेरो अनुमानमा पुसको अन्तिम वा माघको पहिलो हप्ता पुग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *