एमाले अध्यक्षद्धारा पदत्यागको घोषणा ! (पत्रसहित)

एमाले अध्यक्षद्धारा पदत्यागको घोषणा ! (पत्रसहित)

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेका एक वडाका पार्टी अध्यक्षले पद त्याग गरेका छन् । माओवादी केन्द्रबाट अध्यक्ष बनाइएका एक कार्यकर्ताले वडा कमिटिको अध्यक्ष त्यागेका हुन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नमबर ४ कुभिण्डेको वडाध्यक्षमा चयन भएका रुद्र प्रसाद सापकोटाले आफूलाई झुक्याएर वडाध्यक्ष बनाइदिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा पार्टी सदस्य नविकरण गरेको तस्विर समेत पोस्ट गरेका छन् ।

            रुद्र प्रसाद सापकोटा

‘केही जिम्मेवार व्यक्तिहरुले तपाईंसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटिको अध्यक्ष बनाएता पनि उक्त पार्टी प्रति मेरो कुनै समलग्नता छैन,’ सापकोटाले विज्ञप्तिमा भनेका छन्,‘साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन ने.क.पा माओवादी केन्द्रको सदस्यता यसअघि नै नविकरण गरिसकेकोले सम्पूर्ण वडाबासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *