भीम रावलले अकस्मात दिए राजीनामा, अब माधवको एस पार्टीमा हुईकिदैंछन् !

भीम रावलले अकस्मात दिए राजीनामा, अब माधवको एस पार्टीमा हुईकिदैंछन् !

५ कात्तिक, काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । रावलको राजीनामाले उनी माधव नेपालको पार्टीमा जानसक्ने संकेत गरेको छ ।

ओलीको कट्टर आलोचक मध्येमा चिनिदैं आएका रावल एमालेमै बसेपछि ओलीको चेपुवामा परेका छन् । उसो त नेकपा एमाले फेरि फुटाउने चेतावनी भीम रावलहरुले दिदै आएका थिए । १० बुँदे सहमति कार्यान्वयन नभए एमाले फुट्ने ठोकुवा नै रावलहरुले गरेका थिए ।

नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका थिए ।

बिहीबारको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए।

बैठकको सुरुमै उपाध्यक्ष ज्ञवालीले पार्टीभित्र देखिएका विवाद समाधान गर्न बनेको कार्यदललाई व्यक्तिविशेषसँग जोड्नु गलत भएको भन्दै पार्टीमा यसले कालान्तरमा समस्या जन्माउने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *