स्थानीयसँगको झडपमा आठ प्रहरी घाइते, प्रशासनद्वारा कर्फ्यु

स्थानीयसँगको झडपमा आठ प्रहरी घाइते, प्रशासनद्वारा कर्फ्यु

चितवन । राप्ती नगरपालिका-३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका-१ लोथरपुलदेखि राप्ती नगरपालिका-४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन्।

मंगलबार बेलुका ७ बजेदेखि बुधबार बेलुका साढे ७ बजेसम्म कर्फ्यू कायम रहने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन्। कर्फ्यू लागेका बेला सडकमा लामो दूरीका सवारी साधन चल्न दिने तर मानिसहरु आवतजावत र भेला हुन रोक लगाइएको छ।भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा मंगलबार पनि प्रहरीसँग झडप भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *