अनटेष्ट कार र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

अनटेष्ट कार र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

काठमाडौ । भर्खर किनेको अनटेष्ट कार दुर्घटनामा चालकको निधन भएको छ । सुनसरीमा अनटेष्ट कार दुर्घटना भएका हो । बराहक्षेत्र नगरपालिका(३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका(६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आफैं अनियन्त्रित भएर सडकबाट पैनीमा पल्टेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दाहालको नगर अस्पताल चक्रघट्टी पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यस्तै, कोसी गाउँपालिका(८ भाण्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा अनटेष्ट स्कुटर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएङ्को छ। बिहीबार राति स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा दमक नगरपालिका(१ की २६ वर्षीया सासा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको स्कुटर राति ११ बजे भाण्टाबारीमा दुर्घटना भएको थियो। लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको थियो। स्कुटर पछाडि सवार रहेको झापा बुद्धशान्ति गाउँपालिका(१ की २७ वर्षीया रेनु गुरुङ घाइते छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *