झापा र सुनसरीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा र सुनसरीबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर / झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १९ का २६ बर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका ८ का ३५ बर्षीय बिमल भुजेल र मोरङ कानेपोखरी गाऊपालिका ४ का २६ बर्षीय नारायण मगर रहेका छन् ।

हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो

भने हिजै सोही समयमा अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका ८ अटल पम्प कम्पाउन्ड भित्रबाट ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *