८ बर्ष पछि बल्ल धुलिखेलबाट पक्राउ रामहरि

८ बर्ष पछि बल्ल धुलिखेलबाट पक्राउ रामहरि

जिल्ला प्रहरी कार्यालयले कर णीका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । कर णी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फ’रार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फस््र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *