लुकाउँन खोज्दा खोज्दै गोप्य सुचना चुहिए पछि गटबन्धनमा हलचल !

लुकाउँन खोज्दा खोज्दै गोप्य सुचना चुहिए पछि गटबन्धनमा हलचल !

सर्वोच्च अदालतको परमादेश बाट बनेको देउवा सरकारको सत्तासाझेदार गठबन्धनमा लुकाउँन खोज्दा खोज्दै चुहिएको सुचनाले हलचल मच्चिएको छ ।

सत्तागठबन्धनमा पाँच दल भनिए पनि प्रधानन्यायाधिश चोलेन्द्र शमरेशर राणाले पनि भाग खान थाले पछि एक दल थपिएको आरोप लागीरहँदा गठबन्धनले फेरी प्रधानन्यायाधिश राणालाई विवादमा ल्याएको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शमरशेर जबराले मन्त्रीपरिषमा भाग खाएर पनि विवाव भइसकेपछि उनका जेठान गेजन्द्र हमालले मन्त्री पद बाट राजिनामा दिइसकेका छन् । यहि विचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा सँग गोप्य भेट गरका छन् ।

मध्यरातमा राणा निवासमै भएको भेटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । गोप्य भनेर प्रचण्ड सुटुक्क गएर राणालाई भटेका थिए तर सुरक्षा स्रोतबाट उक्त खबर बाहिरिए पछि अर्को तहल्का मच्चिएको छ । चोलेन्द्रका जेठान मन्त्री हुँदा काग्रेस कोटा बाट मन्त्री बनेको भन्दै प्रचण्ड बचाउमा उत्रिएका थिए ।

प्रचण्ड राणा निवासमा छिर्नु अघि त्यसअघि बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल,डा‍। बाबुराम भट्टराईलगायतको छलफल चलेको थियो । शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएको बताइएको छ ।

प्रधान न्यायाधीश राणाविरुद्ध कांग्रेस र माओवादी निकट वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले समेत महाअभियोगसम्म लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला सत्ता गठबन्धनका शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सत्तामा भागबण्डा खोजेको आरोप राणामाथि उनीहरुले लगाएका छन् । तर असार २८ गतेको परमादेश जारी गर्ने अन्य चार न्यायाधीशले राणाविरुद्ध सत्तानिकट वकिलहरु प्रयोग गरेको आरोप छ । भागबण्डामा हिस्सेदारी भने उनीहरुले समेत पाउने समझदारी बनेको यसअघि नै खुलिसकेको छ ।

अदालतमा अहिले पनि सत्ता गठबन्धनसँग सम्बन्धित मुद्दाहरु विचाराधीन छन् । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम गाँसिएको मुद्दाको फैसलाको मितिसमेत कात्तिक १५ लाई तोकिएको छ । सो मुद्दा राणा आफैंले हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *