चितवनबाट अर्की पनि युवती ८ दिनदेखि बेपत्ता, प्रेमी पक्राउ

चितवनबाट अर्की पनि युवती ८ दिनदेखि बेपत्ता, प्रेमी पक्राउ

काठमाण्डौ – चितवनबाट अर्की युवती पनि बेपत्ता भएकी छन् । नवलपुरको गैडाकोट–४ की २१ वर्षीया विना सापकोटा चितवनबाट ८ दिनदेखि बेपत्ता भएकी हुन् ।गैडाकोटबाट प्रेमीसँग चितवन गएकी सापकोटा विगत ८ दिनदेखि बेपत्ता भएको नवलपरासी पूर्वका एसपी रमेश थापाले जानकारी दिए ।

चितवनका एसपी सुनिलसिंह राठौरले युवती हराएको विषयमा खोजी भइरहेको जानकारी दिए । उनले केटीका प्रेमी र अर्की युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए ।चितवनमा ११ दिनदेखि बेपत्ता भएकी अर्की युवतीको शव केही दिनअगाडि फेला परेको थियो । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीय सुजिता भण्डारीको शव आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको थियो । अहिलेसम्म उनको हत्याको कारण पत्ता लाग्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *