एमालेमा ओली र भीम रावलको जुहारी, १० बुँदेले लियो उग्र रुप

एमालेमा ओली र भीम रावलको जुहारी, १० बुँदेले लियो उग्र रुप

नेकपा एमालेका अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच भित्र १० बुँदे समझदारीबारे जुहारी चलेको छ ।

ओलीले बुधबार बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा के को यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर ।। गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे‘ यो पनि धेरै गरिरहनु आवश्यक छैन।

एकठाउँ मिलेर एकतावद्ध भएर अगाडि बढौं न खुरूक्क। अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो।

अब के दश बुँदे, दश बुँदे भनेपछि ओलीलाई उपाध्यक्ष रावलले पार्टीमा गरिएको १० बुँदे समझदारी पार्टी एकता बचाएर देशहितका लागि बजाइएको विगुल भएको बताएका छन्।

रावलले १० बुँदे सहमति एकतारे नभई पार्टी एकताका लागि बजाइएको ११ तारे विगुल भएको जवाफसमेत दिएका छन्।

‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ,’ ट्वीट गर्दै रावलले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *