बागमती प्रदेश कमिटीको बैठकलाई ओलीको सम्बोधन: माधव नेपाललाई लगाए यस्तो आरोप

बागमती प्रदेश कमिटीको बैठकलाई ओलीको सम्बोधन: माधव नेपाललाई लगाए यस्तो आरोप

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई उनको गुटको संज्ञा दिएका छन्।

बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘माधवकुमार नेपालको गुट एमाले सिध्याउने हो त्यही बोकेर उनीहरु हिँडेका छन्,’ उनले भने, ‘उनीहरुले सोचेको कुरा पूरा हुन सम्भव नै छैन।’

एमालेबाट दुईचार जना फुत्किने बितिक्कै एकीकृत राखिएको भन्दै उनले चोइटिएर पतन भएर गएकाहरुले एकीकृत नाम राखेको टिप्पणी गरे। ‘नेकपा एमाले स्पष्ट उद्देश्य र राष्ट्रिय आकांक्षा र गन्तव्य बोकेर हिँडेको पार्टी हो,’उनले भने।

त्यस्तै अध्यक्ष ओलीले बुटवलमा आयोजना गर्ने भनिएको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना स्थल सर्न पनि सक्ने बताएका छन्।

‘अन्यत्रबाट माग नआएका बेला मैले लुम्बिनी प्रदेशले बुटवलमा गर्ने भनेको भनी जानकारी गराएको थिए,’ बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘भोलिको स्थायी कमिटी बैठकले कहाँ गर्ने भन्ने औपचारिक टुंगो लगाउँछ।’

उनले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कुनै पनि हालतमा पूर्व निर्धारित समय भन्दा तलमाथि नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *